पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरको ललिता निवासको जग्गामा आफूलाई बिनाकारण आरोप लगाइएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले ललिता निवासको जग्गामा अनियमितता भएको थाहा पाएपछि आफूले नै छानबिन समिति बनाएको तर आफूले नै जग्गा लिएजस्तो गरेर बद्नाम गर्न खोजिएको गुनासो गर्नुभएको हो ।
‘ललिता निवास पनि बालुवाटारमै छ, मेरो निवास पनि त्यैँ छ, त्यसैले बालुवाटारको जग्गा भन्नेबित्तिकै मलाई नै सम्झने रहेछन्, मलाई आरोप लगाउने रहेछन्’, ओलीले भन्नुभयो ।
उहाँले ललिता निवास प्रकरणमा मुद्दा चलेकोमा रोइकराइ गर्नुपर्ने जरुरी नरहेको पनि बताउनुभयो ।
ललितानिवास जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले आफ्नो नाममा रहेको सार्वजनिक जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकै भरमा उन्मुक्ति दिएको र मन्त्री र सचिवलाई मुद्दा चलाउँदा प्रधानमन्त्री र मुख्य सचिवलाई मुद्दा नचलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।