सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - मुख्य विपक्षी दल नेपाली कांग्रेसले भारतद्वारा अतिक्रमित भूभाग फिर्ता ल्याउनेबारे प्रधानमन्त्रीस्तरीय वार्ताका बारेमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गरेलगत्तै कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडुले संबोधनमा सीमा विवादबारे जम्मा एक लाइन मात्र खर्चिएको भन्दै सीमा विवाद समाधान गर्न भारतसँग प्रधानमन्त्रीस्तरमा कहिले वार्ता हुन्छ भन्नेबारे जवाफ माग्नुभएको हो ।
उहाँले कालापानी, लिपुलेक लिम्पियाधुरा लगायतका अतिक्रमित भूमि समेटिएको नक्सा कहिले सार्वजनिक हुन्छ भन्नेबारेमा पनि जवाफ माग्नुभयो ।
बडुले थप सोध्नुभयो – कालापानी क्षेत्रमा कहिले सुरक्षा जाँच चौकी कहिले खुल्छन् ? सरकारले बजेट बन्द गरिदिएको निर्माणाधीन दार्चुला तिँकर सडकको निर्माण कहिले सकिन्छ ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।