सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – जबरजस्ती करणी मुद्दाकाे आराेप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ ।
जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा अब रिहा हुनु हुने छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेकाे अभियोगमा महरा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा हुनुहुन्थ्यो ।
महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो ।
प्रहरीले महरालाई गएकाे असोज १९ गते पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hem raj Bhattarai ,Kailali
Feb. 17, 2020, 7:44 p.m.महरा जि लाई फोन गर्ने पहिलो मान्छे प्रचण्ड भएको सुन्दा लाजलागेर आयो।दाङको एक कार्यक्रमा महराले स्वीकार गरेर सहयोग गर्नु पर्छ भन्दै विदेशी प्रभुअको नाङ्गो दालाली गरेको सारा नेपाली ले विजुयल दृश्य पनि देख्नु अहिले फोन गरे भन्ने पनि सुन्नु।कुकुरको पुच्छर सोझिनु र यिनको थुतुनो समालिनु उस्तै उस्तै हो कि क्या हो ?