युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले कतारमा रहेका नेपाली कामदारहरुको प्रशंसा गर्नुभएको छ ।
उहाँले सन् २०२२ कतारमा हुने विश्वकप फुटबलका लागि निर्माण भइरहेकाे रङ्गशालामा नेपाली कामदारले गरेको कामको प्रशंसा गर्नुभएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भएकाे भेटवार्ताको क्रममा उहाँले कतारमा रहेका नेपाली कामदारकाे प्रशंसा गर्नुभएकाे हाे । राजदूत युसुफले सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर भेट गर्नुभयाे ।
भेटमा सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत् सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद दिनुभयाे ।
सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापीरुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुपर्ने बताउनुभयो ।
राजदूत युसुफले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एअरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै नेपालकाे एअरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताउनुभयो । राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
'नेपालमा क्रिकेट रङ्गशाला निर्माण गर्न पनि हामी सहयोग गर्न चाहेका छौँ', राजदूत युसुफले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bharat Kumar shrestha
Feb. 24, 2020, 10:16 p.m."राजदूत युसुफले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एअरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै नेपालकाे एअरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताउनुभयो ।"' यो कुराको गहन बिचार गर्नु पर्छ, यो समस्या कतारको मात्र होइन सबै एयरलाइन्सको समस्या हो , समन्धित निकायको ध्यान जानु जरुरि छ।