युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
दाङ – जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाउनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा दाङ आइपुग्नुभएकाे छ ।
दाङ आइपुग्नुभएका महरालाई उहाँका समर्थकले फूलमाला, अबीर र खादा लगाएर सम्मान गरेका छन् । महरालाई स्वागत गर्न प्रतिनिधि सभा सदस्य गङ्गा थारु पनि पुग्नुभएकाे थियाे ।
समर्थकलाई सम्बोधन गर्दै महराले आफूले कुनै गल्ती नगरेको बताउनुभएकाे छ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका महराले मतदातालाई भेट्ने कार्यक्रम पनि रहेकाे छ ।
समर्थकलाई सम्बाेधन गर्दे महराले आफ्नाे जित नै नागरिककाे जित भएकाे टिप्पणी गर्नुभएकाे छ । 'जनताको माया, सुभेक्षा र सम्मानले गर्दा नै मेरो जीत भयो', महराले भन्नुभयाे ।
उहाँले विगतमा सधैँ देशकै लागि लडेको र आउँदा दिनमा पनि देशकै लागि लड्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।