सांसदको प्रश्न- दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

 फागुन १३, २०७६ मंगलबार १६:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - म‌ंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सांसदरुले कोरोना भाइरसले आक्रान्त बनेको दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।

चीनबाट उत्पन्न भएर विश्वव्यापी फैलिएको कोभिड-१९ ले काेरियामा समेत असर पारेको भन्दै सांसदहरुले सरकारकाे ध्यानाकर्षण गराएका हुन् । 

नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गर्नुभयो । उहाँले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिनुभयो । 

यस्तै नेपाली कांग्रेसकी पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गर्नुभयो। 

उहाँले रोगको पहिचान र  क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गर्नुभयो । सांसद भुसालले पछिल्ला दिनमा कोरियामासमेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया