युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
माेरङ - प्रदेश १ काे प्रदेश सभामा नेपाल–भारत सीमा क्षेत्रको नापजाँचदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहमा देखिएको समस्याको विषय उठेको छ ।
मंगलबारको प्रदेश सभाको बैठकमा प्रदेश सभाका सदस्य खिनु लङ्वा लिम्बूले सीमा नाका नापी नहुँदा निर्माणको काम नभएको बताउनुभयो । ईलाम जिल्लामा संयुक्त नापी हुने कुरा भएको लामो समय भएपनि अझै हुन नसकेको बताउनुभयो । उहाँले नेपाल–भारतको संयुक्त नापी टोलीले झापासम्म नापजाँच गरेको भए पनि ईलाम लगायतका जिल्लामा नापी नगर्दा यस आर्थिक बर्षमा संचालन हुने योजनाहरु संचालनमा समस्या हुने जानकारी गराउनुभयो ।
यस अघि पनि सिमानामा नापी गर्न पटक पटक माग गरिएको भए पनि त्यो बारेमा अहिलेसम्म सुनुवाइ हुन नसकेको सदनमा जानकारी गराउनु भयो ।
सांसद प्रतापप्रकाश हाङ्गामले प्रदेश सभामा मन्त्री नभएको र राज्यमन्त्री रहेको अवस्थामा पनि आफ्नो विषय राख्न बाध्य भएको जानकारी गराउँदै दोहोरो ठेक्का लगाएको बारेमा ध्यानाकर्षण गराउनु भयो । एउटै ठाउँमा दोहोरो ठेक्का लाग्ने गरेको जानकारी दिँदै अबको तीन वर्षमा के के हुने हो हेर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।
सांसद सावित्री जोशीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको २६ वर्ष पूरा भएको अवस्थामा अझै सेवा सुविधा विस्तार हुन नसकेको उल्लेख गर्नुभयो । भारतको बिहार, पश्चिम बंगाल, प्रदेश १ र २ का बिरामी आउने अस्पतालमा अहिले पनि सेवाग्राहीलाई सेवा लिन समस्या हुने गरेको बताउनुभयो ।
आईसीयूमा राख्नुपर्ने अवस्थाका बिरामीलाई बाहिर पठाउने गरिएकोबारेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘आईसीयू खाली नभएको भन्दै चिकित्सकहरुले नै बिरामीलाई बाहिर लैजान भन्ने गरेको गुनासाहरु आएका छन्’, सांसद जोशीले भन्नुभयो, ‘अस्पतालमा भर्ना हुन आएका बिरामी फर्काइँदा बिरामीको अकालमा नै ज्यान जाने गरेको छ ।’
उहाँले अस्पतालमा रहेको आईसीयू वृद्धि गरी १० बाट ५० वटा पुर्याउनु पर्ने माग राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।