युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् ।
गएकाे माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन दखिएका हुन् ।
सत्तारुढ दल नेकपाका नेताहरुले सभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएको छ । भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् ।
सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताउनुभयो । नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।
उहाँले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सभामखु चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताउनुभयो । फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुसार उपसभामुखको चयन प्रकृया चाँडो सुरु गर्न आग्रह गर्नुभयो ।
उहाँले उपसभामुखमा उम्मेदवारी दिने वियायमा कांग्रेसले अहिले सम्म केही नसोचनेको बताउनुभयो । अरु दलहरु पनि यसका लागि दावेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताउनुभएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भनने कुरा सरकारले निर्णय गर्ने बताउनुभयो ।
अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उहाँले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताउनुभयो । सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उहाँले बताउनुभयो ।
सभामुखमा सापकोटा निर्वाचित भएपनि उपसभामुखको विषयमा अहिलेसम्म कुनै प्रकृया अगाडि बढ्न सकेको छैन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।