जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
जनकपुरधाम - प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद् बिस्तार भएको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट ३ जना राज्यमन्त्रीले बुधबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रिपरिषद् बिस्तार भएकाे हाे ।
बिस्तारसँगै अव प्रदेश २ को मन्त्रीमण्डल १३ सदस्यीय बनेको छ । उद्योग तथा पर्यटन राज्यमन्त्रीमा सुरेश मण्डल, भौतिक पूर्वाधार राज्यमन्त्रीमा डिम्पलकुमारी झा र सामाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
बुधबार जनकपुर चुरोटकारखानाकको कवर्डहलमा अयोजित सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्षा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हाे । नवनियुक्त राज्यमन्त्रीमध्ये मण्डल र शर्माले मैथिली भाषामा सपथ लिनुभयाे भने झाले हिन्दी भाषामा सपथ लिनुभयाे ।
अान्तारिक विवादका कारण अाफ्नाे भागमा परेकाे मन्त्रीहरुकाे नाम टुंगाे लगाउन प्रदेश २ मा सरकार बनेको पाँच महिनासम्म पनि राजपा असमर्थ रहँदै अाएकाे थियाे । लामाे छलफलपछि गत साेमबार मात्रै राजपाले सरकारमा जाने तीन राज्यमन्त्रीको नाम टुंग्याएर मुख्यमन्त्रीलार्इ पठाएको थियो ।
राज्यमन्त्री बन्ने डिम्पल झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । यस्तै शर्मामाथि वि.स. २०७२ भदौ २५ गते मधेश आन्दोलनको क्रममा भएको असई थमन विकको हत्या आरोपी हुन् । उहाँ फरारको सूचीमा समेत हुनुहुन्छ । शर्मा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र हुन् ।
सपथग्रहण कार्यक्रममा सभामुख सरोज यादव लगायत प्रदेश नं. २ का मन्त्री तथा राज्यमन्त्री र राजनीतिक दलका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।