युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका लागि बैतडी र दार्चुलाका चार वटा पालिकामा बिहीबार बिदा दिइएको छ ।
पूजाआजा र भवन उद्घाटनका लागि राष्ट्रपति आउने भएपछि बैतडीको पाटन र दशरथचन्द नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई राष्ट्रपतिको स्वागतमा अनिवार्यरुपमा उपस्थित हुन निर्देशन दिएकाे छ ।
राष्ट्रपति भण्डारीले बिहीबार पाट नगरपालिकामा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको भवन र छात्रावास उद्घाटन, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । पाटन र दशरथचन्द दुवै नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखेका छन् ।
राष्ट्रपति भण्डारी शुक्रबार बिहान १० बजे डडेलधुराको उग्रतारा मन्दिरको दर्शन गरी १ बजे कञ्चनपुरमा हुने शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भण्डारी आउँदाे शनिबार काठमाण्डाै फर्किने कार्यक्रम छ ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विभिन्न ठाउँमा जाँदा बिदा दिने कामको चौतर्फी विरोध हुने गरे पनि यस्तो काम रोकिएको छैन । राष्ट्रप्रमुख वा सरकारप्रमुख भ्रमणमा जाँदा बिदा दिइनु, स्वागतका लागि विद्यार्थीलाई घण्टौँ टाढासम्म लैजानु र लाइन लगाइनु, गलत भएको र यसले पञ्चायतकालीन झल्को दिएको भन्दै विरोध हुने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन केही दिनअघि तेह्रथुमको आठराई गाउँपालिकाले गाउँपालिकाभरि बिदा दिएर विद्यार्थी र शिक्षकलाई जन्मदिनको कार्यक्रममा उपस्थित गराउँदा चर्को आलोचना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।