युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताउनुभएको छ ।
बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटीमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाउनुभएको हो ।
पार्टीको संगठन व्यापक, सुदृढ र गतिशील भए पनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताउनुभयो ।
‘पार्टी विभिन्न कमिटिबाट सञ्चालित छन् । विभिन्न कमिटिका नेताहरु छन् । लेख्ने बेलामा, छाप्ने बेलामा पार्टीका विरुद्ध खोइरो खनेर छापेका छन् । त्यो कुनै महान काम होइन । त्यस्ता कुरा पार्टीले समयक्रममा मूल्याङ्कन गर्छ’, उहाँले भन्नुभयो।
प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताउनुभयो । ‘बिजुली, पानी, बाटोघाटो नपुगेको समाचार लेख्दैनन् । धेरै वर्षपछि म आफ्नो गाउँ पुगेँ । गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाजागाजासहित बाटो शिलान्यास गराए । त्यो दुर्गम ठाउँमा १० औँ हजार मान्छेले उत्सव मनाएकाे देखेर पत्रकारहरु धुरुधुरु रोए’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री अोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।