युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताउनुभएको छ ।
नेकपा वाग्मती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रष्ट हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पत्रपत्रिकामा पढेर तपाइँहरुको दिमाग खराब भएको छ । कतै यो पार्टी भताभुङ्ग हुने त होइन । कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिशामा जाने त होइन ? यस्ता प्रश्नहरु पनि नउठने गरेका होइनन् । उठ्छन र त्यसको बारेमा हामी प्रस्ट हुनु पर्दछ । ’
उहाँले यो आन्दोलनलाई विसर्जनको दिशामा जान र पार्टीलाई विघटनको दिशामा जान नदिने बताउनुभयो । ७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टीभित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टीभित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
उहाँले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकताबद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताउनुभयो । एकीकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भए पनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताउनुभयो ।
उहाँले एकीकरणको काममा विलम्ब भएकोले छिटोभन्दा छिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभूति हुने बताउनुभयो । उहाँले संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताउनुभयो ।
उहाँले देशमा कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योग्यता प्रदर्शन गर्न सक्नुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको शिकार बन्न नहुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।