एन्फा महिला लिग फुटबल : पुलिस र बागमतीको खेल बराबरीमा
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पुँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताउनुभएको छ ।
भरतमोहन अधिकारीको स्मृतिसभामा सम्बोधन गर्दै दाहालले आफूलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिष्टबाट अलग गर्ने रणनीतिका साथ पूँजीपतिहरु अगाडि बढिरहेको बताउनुभएको हो ।
‘मध्यमवर्गका जनताहरुलाई आफूतर्फ आकर्षित गर्न तथाकथिक विकासमा सहयोग गरेको देखाएर मध्यमवर्गबाट कम्युनिष्ट, बामपन्थी र प्रगतिशिलहरुलाई अलग गरी आफ्नो वर्चश्व र एकाधिकार कायम गर्ने रणनीतिमा उनीहरु अगाडि बढिरहेका छन्’, दाहालले भन्नुभयो ।
दाहालले स्व. भरतमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन ठूलो भूमिका खेलेको बताउनुभएको छ । स्व. अधिकारीको एक निर्णयले जनताहरुले कम्युनिष्टप्रति विश्वास गर्ने गरेको दाहालले बताउनुभयो ।
बुर्जुवा र पुँजीपतिहरुले कम्युनिष्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन् भनेर भ्रम छरे पनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको उहाँले बताउनुभयो । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो ।
२०५१ सालमा तत्कालीन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहनुभएका स्व. अधिकारीले त्यतिबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dhan bahadur Rana
March 1, 2020, 8:42 p.m.के तपाईं चाहिँ अझैनि सर्वहारा नै छु जस्तो लाग्छ कम्रेड ? राम्रो काम गर्नुस जनता सधै तपाइको साथमा हुनेछन्।दोस अरुलाइ दिएर पानी मथिको ओवानो नबन्नुस देखाउनुस त्यस्तो शक्ति को हो सत्ता शक्ति तपाईं हरुको हातमा छ त।