असक्षम भएकाले लिलामणिलाई फिर्ता बोलाएको होइन : परराष्ट्र मन्त्री ज्ञवाली

 फागुन १९, २०७६ सोमबार २०:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याललाई कार्यसम्पादनमा कमजोरी भएकाले फिर्ता नबोलाएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काम गर्न नसकेकोले पौड्याललाई फिर्ता नबोलाइएको र उहाँभन्दा अझ उच्च राजनीतिक प्रतिनिधित्व गराउन फिर्ता गरिएको बताउनुभयो ।

‘उच्च तहको राजनीतिक प्रतिधित्व गराउनुपर्छ, जसले हामीलाई काम गर्न थप सजिलो हुन्छ, हामीले फिर्ता बोलाउनुको प्रयोजन यत्ति मात्रै हो, उहाँको कार्यसम्पादन र निष्ठामाथि कुनै प्रश्न उठेको छैन’ ज्ञवालीले भन्नुभयो, ‘उहाँ कर्मचारीतन्त्रभित्रको एउटा सफल मान्छे हो, उहाँको क्षमतामा अविश्वास गर्न सकिन्न, तर कतिपय राजनीतिक मुद्दामा सम्झाैता गर्न सजिलो होस् भनेर अर्को मान्छे पठाउन खोजिएको हो ।’

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया