देउवासँग कांग्रेसका मन्त्रीहरूले भने– ‘प्रधानमन्त्री ओलीसँग काम गर्दा समस्या भइरहेको छ’

 माघ ३, २०८१ बिहीबार १४:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ ।

कांग्रेसबाट सरकारमा सहभागी भएका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर देउवाले उनीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको हो । केही मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको र केहीको बाँकी रहेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताउनुभयो ।

देउवासँगकाे छलफलमा मन्त्रीहरूले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको बताएका चाैधरीले बताउनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीबाट काममा प्रत्यक्ष अवरोध नभए पनि कुनै न कुनै रूपमा काम गर्न अफ्ठेरो भएको मन्त्रीहरूले उल्लेख गरेका छन् । मन्त्रीहरूले प्रधानमन्त्री र नेकपा एमालेले सम्हालेका मन्त्रालयहरूबाट भएका असहयोगबारे पनि जानकारी गएका छन् ।

तर सभापति शेरबहादुर देउवाले अहिलेको सरकारको अर्को विकल्प खोज्न नसकिने भन्दै एमालेसँग समन्वय गरेर सरकारका काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

आजको छलफलमा सरकारले ल्याएका अध्यादेशको बारेमा पनि कुरा उठेको छ । सभापति देउवासहित महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले सल्लाह गरेरै अध्यादेश ल्याइएकोले अपनत्व ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै नेपाली कांग्रेसले सरकारमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया