चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ

 माघ ३, २०८१ बिहीबार १२:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको व्यापार विस्तारका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउनुभएको छ ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपाल ५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान ईभी र्‍यालीमा सहभागी हुँदै घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्ने बताउनुभएकाे हाे ।

घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय यात्रुवाहक गाडीसमेत बढ्दै जानुले विद्युतीय गाडीको प्रयोग वृद्धि भएको उल्लेख गर्नुभयाे । विद्युतीय गाडीका लागि देशभर चार्जिङ स्टेशन लगायत आवश्यक संरचना बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया