युद्धविराम सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

 माघ ३, २०८१ बिहीबार ९:२१:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् ।

हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडा र क्षतिका लागि आफूहरूले इजरायललाई माफ नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

गाजामा भएको जनधनको क्षति अतुलनीय र बिर्सन नसकिने भएको उहाँको भनाइ छ । उहाँले इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको पनि टिप्पणी गर्नुभएको छ ।

यसैबीच इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँको वार्ता टोलीले यस सम्झौतालाई अन्तिम रूप दिन गर्नुभएको प्रयासलाई समर्थन गर्ने बताउनुभएको छ ।

उहाँले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाईसमेत आग्रह गर्नुभएको खबरमा उल्लेख छ । इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौता अनुमोदन गर्नुपर्ने राष्ट्रपति हर्जोगको भनाइ छ । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया