खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने

 माघ ३, २०८१ बिहीबार ९:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

भोलि माघ ४ देखि १२ गतेसम्म त्रिवि र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा २० जना खेलाडीलाई बोलाइएको छ । उनीहरुलाई  राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाइको प्रत्यक्ष निगरानीमा राखिने छ । खेलाडीको क्षमता अभिवृद्धि गर्न यस क्याम्पको सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।

क्याम्पमा खेलाडीहरु लोकेश बम, तृतराज दास, किरण ठगुन्ना, रित गौतम, आकाश त्रिपाठी, सोनु अन्सारी, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सोहेल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम थापामगर, शुभ कंशाकार, इम्रान शेख, सन्तोष कार्की, सुजन थपलिया र अर्जुन घर्तीलाई बोलाइएको छ । 


 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया