राष्ट्रिय सभा : नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाउने

बिहान ११ बजे सपथ ग्रहण

 फागुन २१, २०७६ बुधबार ८:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यले आजदेखि औपचारिक जिम्मेवारी पाउने भएका छन् ।

उनीहरुलेआज बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि औपचारिक जिम्मेवारी पाउने भएका हुन् । संघीय संसदको ल्होत्से भवनमा बिहान ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ सदस्यलाई सपथ गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार खाली हुने ठाउँमा गएको माघ २४ गते चुनाव भएको थियो । चुनाव भएका १८ ठाउँमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिट पाएको छ । अरु दलका उमेदवारले भने कुनै पनि ठाउँमा जित हाँसिल गरेन ।

मन्त्रिपरिषदबाट मनोनित हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन । यस्तै हिजोदेखि सभाका १९ सदस्यको कार्यकाल सकिएको छ । पहिलो पटक चुनाव भएपछि सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो । जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको छ ।

यस्तै १९ सदस्यमध्येका एक सदस्य एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट पनि मंगलबार राजीनामा दिनुभएको छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि राष्ट्रपतिबाट मनोनित भइ मन्त्री बन्नुभएका उहाँको राजिनामा मंगलबार नै स्वीकृत भैसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोक्नुभएको छ । यसैबीच राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुई वर्षसम्म विधायिकी प्रक्रियामा सहभागी हुने सबै सदस्यको योगदानप्रति धन्यवाद दिनुभएको छ । दुई वर्षको अवधिमा सभाका १५२ दिनमा १७४ वटा बैठक भएका छन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया