सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकाङ्क्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्यको सपथ लिएलगत्तै बुधबार बसेको राष्ट्रिय सभा बैठकमा नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उहाँले वर्तमान सरकारसँग समृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुबाहेक विकल्प नभएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई 'यता उता' गरेर बहाना देखाउने छुट नभएको बताउनुभयो ।
उहाँले भन्नुभयाे, 'लोकतन्त्र भएन भन्न पाइँदैन । सङ्क्रमणकाल छ, संविधान छैन भन्न पाइँदैन । अब बहुमतको सरकार छैन, राजनैतिक स्थिरता छैन, राजनैतिक अस्थिरता छ भन्न पाइँदैन । अब हामीले व्यवहारमा समृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुबाहेक यता उता गर्ने ठाउँ छैन ।'
राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुकाे विकल्प नभएको भन्दै उहाँले त्यसका लागि सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, 'हामी सबै जुनसुकै पार्टीमा होऔँ, सरकारमा होऔँ । सत्तारुढ पार्टीमा होऔँ वा बाहिर होऔँ । सबैको जिम्मेवारी यो देशलाई जुन उद्देश्यले हामीले राजनीतिक परिर्वतन गर्यौँ, त्यो उद्देश्यलाई राजनीतिक परिर्वतनमा मात्रै सिमित नराख्ने, राजनीतिक उपलब्धिमा मात्रै सिमित नराख्ने, त्यसलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने र यो देशलाई समृद्ध नेपालमा रुपान्तरण गर्नु हो । व्यवहारमा देखाउनुबाहेक अर्को कुनै विकल्प छैन । यसको जिम्मेवारी मूलतः जनादेशले हाम्रो पार्टीको सरकारलाई दिएको छ । सरकारले नै मुख्य जिम्मेवारी पूरा गर्नुपर्छ ।'
उहाँले अतिक्रमित भूभाग फिर्ता, लोकतन्त्रको विकास र विकासको आधारभूत विषयमा सत्तापक्ष, विपक्ष लगायत सामाजिक सङ्घ संस्था, नागरिक समाज सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, 'एउटा समस्या छ । लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण गर्छ । त्यो सत्ताको जिम्मेवारी लोकतन्त्रको रक्षा र विकास गर्नुहुन्छ तर सत्ताको चरित्र थोरै निरङ्कुश हुने खतरा पैदा हुन्छ । त्यसैले सत्तामा भएकाहरुले त्यसबाट सजग हुनुपर्छ । त्यसबाट आफूलाई बचाउनुपर्छ भने अर्कोतर्फ लोकतन्त्रले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका पूरा गर्न निर्देशित गर्छ तर त्यसको एउटा खतरा हुन्छ । ऊ विरोधवादमा फस्ने खतरा हुन्छ । निरपेक्ष विरोधमा फस्ने खतरा हुन्छ । जे आए पनि विरोध गर्नेमा फस्ने खतरा हुन्छ । यो दुई वटाबाट बच्नुपर्छ र हामीले राष्ट्रिय मुद्दामा मिलेर जानुपर्ने हुन्छ । त्यसको निम्ति सचेत हुन अनुरोध गर्दछु ।'
राजनीतिक प्रणालीमा परिर्वतन गरे पनि त्यो प्रणालीले माग गरेअनुसार दृष्टिकोण, मूल्य मान्यता, आचार, संस्कृति व्यवहारमा अभ्यास गर्न नसक्दा राजनीतिक प्रणाली कार्यान्वयमा नगइ कमजोर हुने भएकाले त्यसतर्फ गम्भीर बन्न पनि उहाँले सबैलाई अपिल गर्नुभयो ।
सत्ताको पछाडि र सुविधाको पछाडि लाग्ने काम भए परिर्वर्तित राजनीतिक प्रणालीको लक्ष्य प्राप्ति नहुने उल्लेख गर्दै उहाँले वैचारिक स्खलन र भ्रष्टाचारको प्रवृत्तिबाट मुक्त भइ लोकतान्त्रिक मूल्य मान्यता, आचरणबाट युक्त भइ अगाडि बढ्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।