अर्थ मन्त्रालयमा खतिवडाकाे दाेस्राे कार्यकाल, 'कमाण्डरले फिर्ता नबाेलाएसम्म जान्नँ'

 फागुन २१, २०७६ बुधबार १९:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताउनुभएको छ । 

बुधबार अर्थ मन्त्रीमा फेरि नियुक्त हुनुभएका खतिवडाले पदभार सम्हालेपछि देशमा रहेकाे गरिबी, असमानता, अभाव र अन्यायविरुद्धको लडाइँमा जित प्राप्त नगर्दासम्म नफर्किने बताउनुभएकाे हाे । पदभार ग्रहणपछि खतिवडाले आफू न्याय र समानताको पक्षमा लडाइँ लड्ने योद्धा भएको र कमाण्डरले फिर्ता नबोलाउँदासम्म नजाने बताउनुभयो ।

दोस्रो कार्यकाल कहिलेसम्म रहन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा खतिवडाले भन्नुभयो, ‘कार्यकालको विषयमा सुरुकै दिन के हिसाब गर्नु ? बजेट निर्माण, आर्थिक नीति अगाडि बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन, सामाजिक न्याय र समानताको पक्षको लडाइँ लड्ने म योद्धा हुँ । योद्धा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फिर्ता होऊ भन्दैन या युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो । जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आऊ भन्दैन तबसम्म देशमा गरिबी, अभाव, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो, त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन ।’

दोस्रो कार्यकालमा स्वभाविक रुपमा चुनौतीहरु थपिएको उहाँले बताउनुभयो । बुधबार नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिबद्धताहरु, नीति तथा कार्यक्रमहरु र बजेटमार्फत बोलेका कुराहरु पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढङ्गले अघि बढाउने र पूरा नभएका कामहरु पूरा गर्दै जाँने उहाँले बताउनुभयो ।

खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिनुभएको थियो । यसअघि मङ्गलबार राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिनुभएको थियो । 

सङ्घीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया