च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – ओलम्पिक लियोनमाथि जित निकाल्दै पेरिस सेन्ट जर्मेइन फ्रेन्च कपको फाइनलमा पुगेको छ ।
केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पीएसजीले सेमिफाइनलमा लियोनमाथि पाँच–एककाे जित निकाल्यो । पीएसजी लगातार छैटौँ पटक फ्रेन्च कपको फाइनलमा पुगेको हो ।
खेलको ११ औँ मिनेटमा नै लियोनले अग्रता लिएको थियो । उसका लागि मार्टिन टेरियरले गोल गरेका थिए । तर त्यसको तीन मिनेटपछि एमबाप्पेले बराबरी गोल गरे । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो ।
६१ औँ मिनेटमा लियोनका मार्सल डी ओलिभियराले रातो कार्ड पाएपछि लियोन कमजोर बन्यो । त्यसपछि पीएसजीले चार गोल थप्यो ।
मार्सलले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा नेयमारले गोल गरे । त्यसपछि एमबाप्पेले आफ्नो एक्लो प्रयासमा गोल गर्दै पीएसजीलाई तीन–एककाे अग्रता दिलाए ।
पाब्लो साराबियाले पीएसजीका लागि ८१ औँ मिनेटमा चौथो गोल गरे भने एमबाप्पेले इन्ज्युरी समयमा ह्याट्रिक पूरा गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।