प्रम ओलीको स्वास्थ्यमा सुधार हुँदै, सबै सूचक राम्रा

मिर्गाैला दिएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य

 फागुन २२, २०७६ बिहीबार १६:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको डाक्टरले बताएका छन् ।

मिर्गौला प्रत्यारोपण भएको दोस्रो दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । दिउँसो ४ बजे एक विज्ञप्ति निकालेर अस्पतालले प्रधानमन्त्री ओलीले आज तरल र नरम खानेकुरा खाएको र प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले पनि काम गरिरहेको जनाएको हाे ।

प्रधानमन्त्रीका भाइटल र ल्याब रिपोर्टहरु पनि सामान्य रहेको अस्पतालले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गाैला दिएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ । उहाँले पनि तरल र नरम खाना खान थाल्नुभएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ ।

उहाँको स्वास्थ्यका सबै सूचक राम्रा रहेको तर केही दिन डाक्टरकै निगरानीमा राख्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीलाई कम्तीमा एक हप्ता अस्पतालमै राखिने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताउनुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया