चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरसको प्रभावले भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द भएका छन् । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाका अनुसार मार्च ३१ सम्मका लागि दिल्लीका सबै प्राथमिक विद्यालय बन्द गरिएको हो ।
यस्तै भारतले विद्युतीय हाजिरीमा पनि प्रतिबन्ध लगाएको छ । सबैले एकैठाउँमा औंठाछाप मार्फत हाजिरी गर्दा संक्रमण सर्न सक्ने भन्दै भारतले विद्युतीय हाजिरीमा रोक लगाएको हो ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ३० जनालाई संक्रमण भएको छ । सङ्क्रमण भएकामध्ये २७ जनाको उपचार भैरहेको छ भने ३ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर फैलिएको कोरोना भाOरस कोभिड-१९ का कारण अहिलेसम्म ३ हजार ३ सय ४ जनाको ज्यान गैसकेको छ । सङ्क्रमितको संख्या ९६ हजार २ सय ७३ पुगेको छ । ५३ हजार ९ सय व्यक्ति निको भएर घर फर्किएका छन् ।
सबैभन्दा धेरै चीनमा ३ हजार ३० जनाको यो भाइरसका कारण ज्यान गैसकेको छ । बिहीबार मात्रै चीनमा ३२ जनाको ज्यान गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।