टर्की र रुसबीच सिरियाकाे इद्लिबमा युद्धविरामको सहमति

 फागुन २३, २०७६ शुक्रबार २०:५२:१२ | रासस
unn.prixa.net

रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम गर्ने सम्झाैता भएकाे छ । मानवीय सहायताको खाँचो पर्न सक्नेगरी झडप हुनसक्ने भन्दै शुक्रबारदेखि युद्धविराम लागू गरिएको हो । 

इद्लिब प्रान्तमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति समकक्षी रेचेप तैयप अर्दाेआनले युद्धविरामको सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लामो समयदेखि भइरहेको युद्धका कारण यो प्रान्तमा झाण्डै १० लाख नागरिक विस्थापित भएका छन् । उत्तरपश्चिमी सिरियामा अङ्काराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग संघर्ष गरिरहेका थिए । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो सम्झौताले पश्चिमी सिरियामा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने बताउनुभयो । दुश्मनीलाई तत्काल र चिरस्थायी समाप्तिमा पुर्याउने आशा व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले बिहीबार प्रकाशित एक विज्ञप्तिमा बताउनु भएको छ ।

मध्यरातिभन्दा केही समयअघि मात्र बम विष्फोट भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ । युद्धविराम लागू भएपछि यस क्षेत्रमा सामान्यतया शान्त रहेको पनि अब्जरभेटरीले जानकारी दिएको छ । 

तर इद्लिबको सीमावर्ती अलेप्पो र हमाको इलाकामा जिहादीहरूको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहको स्थितिमा सिरियाली सरकारी सुरक्षाबल गोलाबारी गरेको जनाइएको छ । सिरियाको नौ वर्षको गृहयुद्धको क्रममा विद्रोही गढ इद्लिबको अवस्था नाजुक भएको थियो । किनकि पहिलो पटक राष्ट्रपति बसर अल असादको फौजको बिरूद्ध प्रत्यक्ष आक्रमण भएको थियो ।

संयुक्त प्रेस सम्मेलनमा यस सम्झौताले इद्लिबमा लडाई समाप्त गर्ने राम्रो आधारको रुपमा काम गर्ने राष्ट्रपति पुटिनले बताउनु भएको छ । टर्कीले दमासकसको कुनै पनि हमलाबिरूद्ध आफ्नो सम्पूर्ण शक्तिसँग बदला लिने अधिकार सुरक्षित गरेको एर्डोगानले बताउनु भएको छ ।

सम्झौताले उत्तरी सिरियाको कि एम४ राजमार्गमा सुरक्षा मार्ग पनि निर्माण गर्नेछ, जहाँ टर्की र रूसी सेनाले मार्च १५ देखि संयुक्त गस्ती सुरु गर्नेछन् । सिरियामा सन् २०११ को मार्च महिनापछि यहाँका राष्ट्रपति बसर अल असदको राजिानामा माग गर्दै शुरु भएको आन्दोलन केही समयपछि गृहयु्द्धमा परिणत भएकाे हाे । 

यस युद्धमा सो समयदेखि हालसम्म  ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौं आफ्नै देश र छिमेकमा पर्ने देशहरुमा शरणार्थीका जीवन बिताइरेहका छन् । 

सिरियामा जारी युद्धका कारण झण्डै ३६ लाख व्यक्ति टर्कीमा शरणार्थी जिवन यापन गरिरहेका छन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया