हरभजन सिंहकाे अलटाइम टेस्ट इलेभनमा धाेनी र काेहली अटाएनन्

 फागुन २५, २०७६ आइतबार १८:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय टिमका कुनै समयका उत्कृष्ट स्पिनर हरभजन सिंहले आफ्नो रोजाइको टेस्ट इलेभनको छनोट गरेका छन् ।

उनले आफ्नो टिममा तीन जना भारतीय खेलाडीहरुलाई समावेश गरेका छन् । तर याे टिममा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी र विराट कोहलीलाई भने स्थान दिइएको छैन् ।

हरभजन सिंहले ईएसपीएनको अनलाइन म्यागजिन 'द क्रिकेट' सँग कुरा गर्दै आफ्ना टिमको चयन गरेका हुन् । उनले यस टिममा त्यही खेलाडीहरुलाई चुनेका छन्, जोसँग उनले खेलेका छन् वा जाेविरुद्ध उनले खेलेका छन् ।

हरभजन सिंहको टिममा भारतबाट विरेन्द्र सहवाग, सचिन तेन्दुलकर र राहुल द्रविडलाई शामिल छन् भने अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिगलाई टिमका कप्तान बनाइएको छ । श्रीलङ्काका कुमार संगाकारा यस टिममा विकेटकीपिङको जिम्मेवारी सम्हालेका छन् ।

शेन पलक, वसीम अकरम र ग्लेन मैक्ग्रा तीव्र गतिका बलरका रुपमा चुनिएका छन् । भज्जीले टिममा एकमात्र स्पिनरका रुपमा शेन वार्नरलाई चुनेका छन् । यसबाहेक सहवागसँग उनले ओपनिङका लागि म्याथ्यु हेडनलाई चुनेका छन् । ज्याक क्यालिस टिमको अलराउण्डर रहेका छन् ।

हरभजनले अफ स्पिनरले रिकी पोन्टिङलाई 'लिडर' बताए भने राहुल द्रविडलाई 'मिस्टर डिपेन्डेबल' बताएका छन् ।

हरभजन सिंहको अलटाइम टेस्ट इलेभन यस्ताे छ–

वीरेन्द्र सहवाग, म्याथ्यु हेडन, राहुल द्रविड, सचिन तेन्दुलकर, ज्याक्स कालिस, रिकी पाेन्टिङ्ग, कुमार सङ्गाकारा, शन पलक, शेन वार्न, वसीम अकरम र ग्लेन मैक्ग्रा ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया