नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने
माघ ९, २०८१ बुधबार
ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताउनुभएको छ ।
प्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अधिकृतहरुलाई आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सिर्जनात्मक काम गर्नुपर्यो ।
नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले सिर्जनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिनु भएको छ । ‘तपाईंहरुले एउटा परीक्षा(लोकसेवा) पास गर्नु भयो तर अब वास्तविक परीक्षामा सहभागी हुँदै हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ ,पारदर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहँदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गर्नुभएको छ । ‘देश भनेको हिमाल पहाड र तराइ मात्र होइन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशभित्र समाज छ, विभिन्न जातजाति छन् । धर्म संस्कृति छन् । ती सबै कुराको जानकारी राख्नु पर्दछ ।’
नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।’
देश नयाँ परिस्थितिमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘तपाईंहरु नयाँ परिस्थितिमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘देशमा संघीय प्रणाली लागु भएको छ । त्यस अनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हेमन्त राणा
July 28, 2018, 6:29 a.m.अधिकृत ज्यु एक पटक ८ कक्षा फैल भयेरनि धेखौनु पर्छ
जय राज उपाध्याय
July 26, 2018, 8:38 p.m.८ कक्षा फेल हुनेले के थाहा।