सर्लाहीमा जङ्गली हात्तीद्वारा अन्न र उखुबाली नष्ट
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ हुन ६ महिनादेखि वर्षदिन लाग्ने प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहले बताउनुभएकाे छ ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले सक्रिय भएर हिँडडुल तथा साधारण मानिसले जस्तो जीवन यापन गर्न समय लाग्ने बताउनु भएको हो ।
एक हप्ता अगाडि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल राख्न परिवारकै सदस्यबाट आग्रह आएको बताउनु भएको हो ।
‘प्रधानमन्त्री ओलीकै परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको छ । उहाँलाई भिडभाडमा नजान सल्लाह दिएको छ । तर, उहाँले दैनिक कार्य आफ्नो कार्यालयबाट गर्न सक्नुहुन्छ’, डा. सिंहले भन्नुभयाे ।
प्रधानमन्त्री ओलीको घाउ निको हुन समय लाग्ने भएकाले धेरै हिँडडुल गर्न नहुने शाहले जानकारी दिनुभयो । उहाँले अस्पताल विश्वस्त भएपछि डिस्चार्ज गर्ने जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार छ, चाँडै डिस्चार्ज हुने अवस्था आउने देख्छु’, डा. शाहले भन्नुभयो ।
साथै, प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा सङग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको शाहले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।