डा.केसी र सरकारी पक्षबीच सिंहदरबारमा वार्ता जारी, टुंगाेमा पुग्ने सम्भावना

 साउन १०, २०७५ बिहीबार १५:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २७ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारबीच अहिले  सिंहदरबारमा वार्ता भइरहेको छ ।

डा. केसीका माग सम्बोधन हुने गरी सिंहदरबारमा वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । 

डा.केसीको मुख्य माग चिकित्सा शिक्षा विधेयकलाई संशोधन गरेर मात्रै संसदबाट पारित गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेको स्रोतले जनाएको छ । 

यसअघि बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा डाक्टर केसी पक्ष र सरकारी वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकका केही बुँदा संशोधन गर्ने सहमति भएको थियो । 

अहिले चलिरहेको वार्तामा सहमति भएर हस्ताक्षरको सम्भावना रहेको  पनि दुवै पक्षले जनाएका छन् ।

बुधबार बेलुकी डाक्टर केसी र सरकारको वार्ता असफल भएपछि बालुवाटारमै प्रधानमन्त्रीसँग मध्यरातमा फेरि वार्ता भएको थियो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया