स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार वरपर 'स्प्रे' छरिएकाे छ ।
प्रधानमन्त्रीको स्वास्थ्य, कोरोना भाइरस (काेभिड–१९) लगायत अरु रोगको सङ्क्रमण हुन नदिन भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले प्रधानमन्त्री कार्यालय वरपर (ईफेनोल ९० प्रतिशत) छरेकाे हो ।
प्रधानमन्त्री ओलीमा भर्खरै मिर्गाैला प्रत्यारोपण गरिएकाे र विश्वव्यापी रुपमा फैलिएकाे कोरोना भाइरस सङ्क्रमणको डर पनि भएकोले स्प्रे छरिएकाे महाशाखाको टोलीले जनाएको छ ।
दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा सहभागी हुँदै हुनुहुन्छ । भिडिओ संवादमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत गर्ने तयारी छ ।
सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि आइतबार भिडिओ सम्मेलन हुन लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।