कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन सार्क राष्ट्रबीचको भिडिओ संवाद सुरु

 चैत २, २०७६ आइतबार १७:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (काेभिड–१९) काे सङ्क्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुले साझा रणनीति बनाउने विषयमा भिडिओ संवाद सुरु भएकाे छ । सार्क क्षेत्र देशका सरकार प्रमुखहरुले भिडिओ संवादमार्फत छलफल गर्न लागेका हुन् ।

दक्षिण एसियाली (सार्क) देशका प्रमुखहरुको भिडिओ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनु भएकाे छ । सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी जनाउनु भएकाे छ । 

भिडिओ संवादमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत गर्ने तयारी छ । 

सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि भिडिओ सम्मेलन भएकाे हो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया