सार्क राष्ट्र प्रमुखसँग प्रधानमन्त्री ओली : नेपालले कोरोना भित्रिन नदिन ठूलो तयारी गरेको छ

 चैत २, २०७६ आइतबार १८:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरस अर्थात् कोभिड–१९ भित्रिन नदिन ठूलो तयारी गरेको बताउनुभएको छ ।

कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन सार्क देशका प्रमुखहरुबीच भएकाे भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले नेपालमा पनि जुनसुकै बेला कोरोना भित्रिन सक्ने जोखिमलाई ध्यान दिएर रोकथामको तयारी तीव्र बनाइएको बताउनुभयो ।

नेपालले अहिले पूर्वतयारीलाई जोड दिएको र कोरोना भित्रिहालेमा सहज उपचार र नियन्त्रणको लागि पनि तयार रहेको ओलीले बताउनुभयो । अहिले नेपालका तीन वटै सरकारले काम गरिरहेको, अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरिएको, अन अराइभल भिसा बन्द गरिएको, पर्वतारोहण बन्द गरिएको, विमानस्थलमा जाँच कडाइ गरिएकाे तथा हेल्थ डेस्क राखिएको प्रधानमन्त्री अ‍ोलीले जानकारी दिनुभयो ।

अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था र कोरोनाको सङ्क्रमणलाई ध्यान दिएर अस्पताल र स्वास्थ्यकर्मीको क्षमता बढाउन लागिपरेको पनि ओलीले जानकारी दिनुभयो । उहाँले  महत्वपूर्ण समयमा यो नेतृत्व गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिनुभएको छ । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया