स्वास्थ्य मन्त्रालयको परिपत्र : उपकरण राख्ने ठाउँ र जनशक्तिको सुन...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले कोरोना भाइरस (काेभिड–१९) रोकथामको लागि सबै संयन्त्र सक्रिय बनाउने भएको छ ।
कोरोनाको त्रास बढ्दै गएपछि जिल्लाका जिम्मेवार व्यक्तिले जिल्ला छाड्न नपाउनेसम्मको निर्देशन सरकारले दिएको छ । आइतबार बसेको एक्सन टिमको बैठकले प्रमुख जिल्ला अधिकारी (सीडीओ), सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले जिल्ला छाड्न नपाउने निर्णय गरेको छ ।
अत्यावश्यक काम परेर जिल्ला छाड्नुपर्ने भएमा गृह मन्त्रालयको अनुमति लिन सरकारले निर्देशन दिएको छ ।
जिल्लामा कोरोनाको पूर्वतयारी गर्नुपर्ने र कोरोना आइहालेमा उपचार र नियन्त्रणमा लाग्नुपर्ने भएकाले जिम्मेवार निकायका प्रमुख र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।