खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
युरोपमा कोभिड–१९ बाट ज्यान गुमाउने र नयाँ सङ्क्रमण थपिने क्रम बढेको छ । इटालीमा गएको २४ घण्टामा थप ३ सय ६८ जनाको ज्यान गएको भने ३५ सय ९० जना नयाँ बिरामी थपिएका छन् ।
योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । २४ हजार ७ सय ४७ जनामा सङ्क्रमण भएको छ । २० हजार ६ सय ५ जना उपचार गराइरहेका छन् ।
स्पेनमा ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ भने ७ हजार ८ सय ४३ जनामा सङ्क्रमण भएको छ । फ्रान्समा १ सय २७ जनाको ज्यान गएको र ५ हजार ४ सय २३ जना सङ्क्रमित भएका बीबीसीले जनाएको छ ।
वेलायतमा पनि ३५ जनाको ज्यान जानुको साथै १३ सय ९१ जना सङ्क्रमित भएका छन् ।
जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशमा पनि सङ्क्रमण बढिरहेको छ ।
युरोपका सबैजसो देशले कडा प्रतिबन्ध सुरु गरेका छन् । मानिसलाई काममा जान, खाना र औषधि किन्न बाहेक हिँडडुल रोकिएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनबाट शुरु भएको कोरोना माहामारीको केन्द्र अब युरोप भएको बताएको छ ।
१ सय ५७ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै १ लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् भने ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ हजार ५ सय जनाको ज्यान गैसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।