कोरोना भाइरसकाे नाममा ह्याकरले कम्प्युटर भाइरस फैलाउँदै

 चैत ३, २०७६ सोमबार १०:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना भाइरसकाे सङक्रमण फैलिरहेकाे बेला ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेकाे पाइएको छ ।

कोरोना भाइरसकाे खबरले प्राथमिकता पाउन थालेपछि ह्याकरले भाइरससम्बन्धी त्रासका खबर समेट्दै कम्प्युटर भाइरस फैलाउन थालेको साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले जनाएका छन् ।

कोरोना भाइरसकाे नाम दिइएको हानिकारक कम्प्युटर भाइरसलाई एन्टिभाइरसले तीन हजारभन्दा धेरै पटक भेटेको भन्दै खराब सफ्टवेयर नियन्त्रणको क्षेत्रमा स्थापित कम्पनी क्यास्पर्स्कीले सचेत रहन सबैलाई आग्रह गरेको छ । 

ह्याकरहरुले विश्व स्वास्थ्य सङ्गठनको लोगोसमेत दुरुपयोग गरी कोरोनाबारे जानकारी भन्दै कम्प्युटर भाइरस फैलाइरहेकाे क्यास्पर्स्कीले जनाएको छ । अहिले कोरोना भाइरसकाे नाममा लाखौं नक्कली इमेलमार्फत विभिन्न आपराधिक कार्य भएको पाइएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ह्याकरहरुले समाचारजस्तो लाग्ने फिशिङ अर्थात इन्टरनेटबाट मानिसलाई प्रलोभनमा पारी तिनको व्यक्तिगत विवरण सङ्कलन गर्ने गरेका छन् । यसले कोरोनाको त्राससँग जोडेर डरलाग्दो अफवाह फैलाएकाे खबरमा उल्लेख  छ । 

व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किस भाषाको प्रयोग गरिरहेकाे बीबीसीले जनाएकाे छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया