नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने
माघ ९, २०८१ बुधबार
काठमाडौं – सहमतिमा पुगेको भनिएको डाक्टर गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता एउटा बुँदामा अड्किएको छ ।
भर्खरै शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर केसी पक्षले पत्रकार सम्मेलन गरेर सबै बुँदामा सहमति भए पनि एउटा बुँदामा सहमति हुन नसकेको बताएको छ ।
सरकारका सबै प्रस्तावमा डाक्टर केसी सकारात्मक भए पनि काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने भन्ने डाक्टर केसीको मागमा सरकार सकारात्मक नभएको पत्रकार सम्मेलनमा अधिवक्ता सुरेन्द्र भण्डारीले बताउनु भएको छ ।
यसअघि सरकारले डाक्टर केसीलाई सहमतिमा ल्याउन एउटा प्रस्ताव पेश गरेको र त्यसमा छलफल भएको तर महत्वपूर्ण विषयमा भने सहमति नभएको डाक्टर केसीका सहयोगी डाक्टर विषद् दाहालले जानकारी दिनुभएको थियो ।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने लगायतका विषयमा भने सहमति हुन नसकेको उहाँको भनाई छ । डाक्टर केसीले पनि काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भन्ने बुँदामा सरकारले सहमति नजनाए आफ्नो अनसन जारी रहने बताउनु भएको छ ।
डा.केसी पक्षका वार्ता टोलीका संयोजक डा.अभिषेकराज सिंहले पनि सरकारले १० वर्षसम्म काठमाडौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न सकिने बुँदा राखेपछि कुरा मिल्न नसकेको बताउनुभयो ।
सरकारी वार्ता टोली र डाक्टर केसी पक्षबीच भएको भनिएको सात बुँदे सहमतिलाई अन्तिम रुप दिन मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ । यदि मन्त्रिपरिषदले त्यो सहमतिलाई अनुमोदन गरेमा डाक्टर केसीले आजै अनसन तोड्ने सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।