१९ वर्षमुनिको महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पराजित
माघ ५, २०८१ शनिबार
धनुषा - प्रदेश २ को नामाकरणका लागि प्रतिपक्षी नेकपा, कांग्रेस र असन्तुष्ट सांसदहरुले प्रस्ताव गरेको नाम जारी मतदानबाट अस्वीकृत भएको छ ।
प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत ल्याएको छ भने असन्तुष्ट सांसदहरुको मध्य मधेश प्रदेशले ४२ मत ल्याएको छ । तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएको हाे ।
अब सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त प्रस्ताव रहेको मधेश प्रदेशमा मतदान जारी रहेको छ ।
निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान सुरु हुँदै मिथिला भोजपुरा, मध्य मधेश प्रदेश र मधेश प्रदेशको नाममा मतदान भएको हो । नामाकरणको मतदान सकिएलगतै स्थायी राजधानीको लागि निर्वाचन हुनेछ ।
प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान साढ दुई बजेदेखि सुरु भएको हो । सभामुखपछि उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित क्रमशः अन्य मन्त्री र सांसदहरुले मतदान गरेका थिए ।
जुन नाम र स्थायी राजधानीमा दुई तिहाई अर्थात ७२ मत आउँछ त्यही सदर हुने र कुनै पनि प्रस्तावमा दुई तिहाई मत नआए फेरि अर्को चरणको प्रक्रियामा जाने नियम छ ।
प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।
Jay kumar
March 17, 2020, 7:57 p.m.Mahesh pradhesh