नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई रोक्न सरकारले राहतका कार्यक्रम ल्याउने भएको छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सरकारले पर्यटनसहित अन्य व्यवसायलाई छुट दिने गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले काेराेनाबाट सबैभन्दा छिटो पर्यटन क्षेत्र अन्तर्गतका होटल र एअरलाइन्स प्रभावित भएको भन्दै ती क्षेत्रको असरबारे सरकारले नजिकबाट अध्ययन गरिरहेको जानकारी दिनुभयो । उहाँले ऋणको चपेटामा परेका होटललाई सम्बोधन गर्न सकिने बताउनुभयो ।
मुख्य पर्यटकीय सिजनमा पर्यटक रोकिए पनि अफ सिजनमा पर्यटक भित्र्याउन सरकारले रणनीति बनाउने भन्दै मन्त्री खतिवडाले चीनमा कोरोनाको प्रकोप हट्दै गएको र भारतले अत्यन्तै कडाइ गरिरहेकाले अवस्था छिटै सहज हुने बताउनुभयो ।
होटल, रेष्टुरेन्ट क्षेत्रका मजदुरलाई श्रमिक कोषबाट सहयोग गर्नसक्ने भन्दै मन्त्री खतिवडाले विश्वभरी आएको समस्यालाई बुझिदिन पनि आग्रह गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।