निमाेनियाका बिरामीकाे सूची तयार : नियमित स्वास्थ्य परीक्षण गरिने

 चैत ६, २०७६ बिहीबार १९:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले देशभरका निमाेनिया बिरामीकाे सूची बनाइएकाे बताउनु भएकाे छ ।

काेरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणको रोकथामका लागि सबै उपाय अपनाइएको बताउँदै उहाँले निमाेनियाका बिरामीकाे दैनिक निरीक्षणकाे लागि सूची तयार पारिएकाे बताउनु भयाे । 

उहाँले आफूलाई भाइरसको शङ्का लागेमा वा समस्या भएमा तत्काल टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले देशभर सम्भावित लक्षण देखिएका बिरामीहरुको दैनिक परीक्षण भइरहेको बताउनुभयो । उहाँले परीक्षण भइरहेको अवस्थामा हल्ला र भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो । 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा कोरोना भाइरसको परीक्षण नै हुँदैन, उपचार नै हुँदैन भन्नेगरी आतंकित नहुन आग्रह गर्नुभयाे। वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले भने कोरोना सङ्क्रमित देशभित्र भएको दावी गर्नुभयो । उहाँले सरकारले कतिपय बिरामीलाई परीक्षण नै नगरी फर्काएको बताउनुभयो । 

डाक्टरको सिफारिस बिना आफूलाई शंका लागेमा जाँच्न पाउनुपर्ने र त्यसको बन्दोबस्त सरकारले मिलाउनुपर्ने बताउनुभयो । नागरिक समाजका अगुवा चरण प्रसाईँले टेकु अस्पतालले जाँच नगरी बिरामीलाई फर्काइदिएको भन्दै सरकारलाई विश्वास गर्ने आधार नरहेको बताउनुभयो ।

 उहाँले नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा सरकारले खेलबाड गर्न नपाउने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया