देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो । कोरोनाको सङ्क्रमण विश्वभर फैलंदा त्यसकै असरले डलरको भाउ पनि बढेको हो ।
अहिले डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । वैदेशिक रोजगारीमा जानुभएको छ भने यो घरमा पैसा पठाउने सही समय भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो ।
यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३१० रुपैयाँ ३४ पैसा तोकेको थियो ।
आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३८४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ०६ पैसा तोकेको छ । हिजो खरिददर ३८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०५ पैसा तोकिएको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर ३१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ४४ पैसा रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।