अस्ट्रेलियामा ३८ सय जना चढेकाे जहाजका यात्रुमा काेराेना सङक्रमण

 चैत ७, २०७६ शुक्रबार १५:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोना भाइरस भेटिएको छ । भाइरस देखिएपछि सिड्नीमा ओर्लिएका २७ सय यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी दिइएको छ ।

न्यू साउथवेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेका बीबीसीले जनाएको छ ।

 यो जहाज बिहीबार सिड्नीमा रोकिएको थियो ।  जहाजमा चालक दलका सदस्यसहित ३८ सय जना चढेको खबरमा उल्लेख छ । एक जना चालक दलका सदस्य र दुई जना यात्रुमा कोरोनाको सङ्क्रमण पाइएको हो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया