नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - भारतकी चर्चित गायिका कणिका कपूरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसकाे सङ्क्रमण देखिएपछि कनिकालाई लखनउको केजीएमयूको आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।
गायिका स्वयंले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरस सङ्क्रमण भएकाे जानकारी दिएकी हुन् । कणिका कपूर गएकाे मार्च १५ मा लण्डनबाट भारत फर्किएकी थिइन । भारतीय सञ्चारमाध्यमका अनुसार भारत फर्किए लगत्तै कनिकाले एक होटलमा भव्य पार्टी समेत दिएकी थिइन ।
पार्टीमा करिब ५०० मानिसहरुको सहभागिता रहेकाे थियो । कनिकालाई कोभिड १९ पोजेटिभ देखिएपछि स्वास्थ्य विभागले कनिकाको पार्टीमा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ । पार्टीमा सहभागी भएका सम्पूर्ण व्यक्तिहरुको जाँच गरिने तथा कोरोनाको लक्षण देखिए निगरानीमा राखिने बताइएको छ ।
कनिकाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । आफू भारत फर्किएको ४ दिनपछि मात्रै फ्लूको लक्षण देखिएपछि जाँच गराउँदा काेराेना भाइरस पोजेटिभ देखिएको बताएकी छिन्।
कणिकाको इन्स्टाग्राम पोष्टमा बलिउड कलाकारहरुले शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।