सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
उद्योगमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारी सम्मिलित बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा कैद गर्नेगरी कानुनी कारबाही अघि बढाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।
आपूर्ति व्यवस्थापन अवस्थाको तथ्यांक दैनिक रुपमा अद्यावधिक गरी हरेक दिन प्रेश विज्ञप्तlमार्फत सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । आवश्यकताअनुसार पत्रकार सम्मेलन गरी आधिकारिक सूचना प्रवाह गर्ने प्रवक्ता दाहालले बताउनु भयो ।
मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान संचितिलाई दोब्बर पार्ने निर्णय गरेको छ । साथै आवश्यक भएमा अहिलेको नेशनल ट्रेडिङ लिमिटेडको टेकुमा रहेकाे गोदाम पनि उपयोग गर्ने भएको छ ।
मन्त्रालयले खाद्यान्न अभाव हुनसक्ने दुर्गम पहाडी जिल्लाहरुमा सम्भावित खाद्य संकट आउन नदिन समयमै आवश्यक परिमाणमा खाद्यान्न ढुवानीको व्यवस्था गर्ने तयारी पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।