सबै गाडी र जहाज ठप्प पार्न यातायात व्यवसायीको माग, मन्त्रीको ‘मौन समर्थन’

 चैत १०, २०७६ सोमबार १४:३८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालले सबै प्रकारका गाडी र हवाई यातायात तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर महासङ्घले देशमा जुनसुकै बेला पनि भयावह अवस्था आउन सक्ने भन्दै सार्वजनिक मात्र नभइ निजी गाडी र हवाई उडान पनि तत्कालै बन्द गर्न माग गरेको हो । 

‘अहिले लामो दुरीका गाडी मात्रै रोक्ने निर्णय व्यवहारिक छैन, छोटो दुरी र हवार्इ सेवा पनि तत्कालै बन्द गर्नुपर्छ भन्ने माग राखेका छौँ, यसमा मन्त्रीको मौन समर्थन रहेको छ, केही कानुनी कुरा मिलाउनुपर्ने बताउनुभएको छ’, महासङ्घका महासचिव सरोज सिटौलाले उज्यालो अनलाइनसँग भन्नुभयो ।

विश्वका धेरै देश ठप्प भइसकेको अवस्थामा नेपालमा निजी गाडी र जहाज चल्न पाउने अरु चल्न नपाउने निर्णय भरपर्दो नभएको यातायात व्यवसायीको भनाइ छ ।

‘यस्तो सङ्कटको बेलामा हामीले व्यापारको मुख हेर्नुहुँदैन, मानिस रहे व्यापार हुने हो । अहिलेको अवस्थामा यातायातका सबै साधन तत्कालै बन्द हुनुपर्छ’, महासचिव सिटौलाले भन्नुभयो ।

छलफलमा यातायात मन्त्री नेम्वाङ, मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी लगायत सहभागी थिए । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पुस्कर कोइराला

    March 23, 2020, 5:55 p.m.

    बैक तथा बित्तिय सस्थाले प्रभाह गर्ने नोट बाट कोरोना सर्ने जोखिम उच्च छ। अत्यावसक सेवामा राखेर समस्या समाधान हुदैन । बैकिङ सेवा तत्काल बन्द गरौ । अन्यथा जटिल समस्या येसैले सिर्जना गर्न सक्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया