महिला टी–२० राष्ट्रिय क्रिकेटमा एपीएफले सुदूरपश्चिमलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।
सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।
सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ishwor Acharya
March 24, 2020, 6:50 a.m.लाटा - सोझा नेपाली हरूको रगत चुसेर धाडिएका किर्ना हरु लाइपो ७ दिन होइन ७ पुस्ता पनि घरमै बसेर पुग्ला तर २ बर्से बच्चाले भोक लाग्यो बाउ भन्दा कुटो बोकेर जंगल तिर जानुपर्ने वाध्यता भएको नेपाली, बीमारी ले जीर्ण परेको बुढा ले तातोपानी माग्दा गाग्रो बोकेर १ घण्टा उकालो ओरालो हिँड्नुपर्ने बाध्य नेपाली हरुलाई भेटेर शोधन एकहप्ता घर भित्रै बस्नुसक्छौं भनेर। खान नपाएर राजनीति गरेका अनि दलाली, लुट, भ्रष्टाचारी, घुस खोरी, चोरी, डकैती, बेइमानी गरेर सयौं पुस्ता लाइ पुग्ने अकुत सम्पति थुपारेका सरकारका नाइके र तिनीहरूका पनि दलाल हरु ले ठड्याका ठूला ठूला महल हरुमा त बर्सौँ पनि बिताउन गारो छोइन नै तर बुकुरा र छाप्रा मा बस्ने करोडौँ नेपाली र त्यो पनि नसिवमा नभएका लाखौं घरबार बिहिन नेपाली हरुलाई के सम्भव होला त? अरे नियम हरु त्यस्तो बनाऊ जो लागू गर्न पनि गाह्रो नहोस् अनि सफल भइयोस्, सस्तो लोकप्रियताको लोभ मा क्षणीक भ्युजको लागि बाङ्गो त्याँगो हेडलाइन बनाएर असम्भव समाचार सम्प्रेक्षेन् गर्ने दलाल पत्रूकार हरु ले पनि सोच्न जरुरी हुन्छ। हुन त म पनि भाषण ठोक्ने नेता होइन सकेसम्म सुरक्षित रहनु पर्छ भन्ने भावना जान्ने बुझ्ने सबै नेपाली मा होला तर के यो lockdown को पूर्व तयारी सबै नेपाली जनता हरु ले गर्न सकेका छन् त?