नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
चितवन – चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक युवकको ज्यान गएको छ ।
वीरगञ्ज २२ जगन्नथापुरका ३० वर्षीय सन्तोष यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालले जनाएको छ ।
अस्पतालले विज्ञप्ति निकालेर बिहान साढे ९ बजे यादवको ज्यान गएको पुष्टि गरेको छ । अस्पतालका अनुसार यादव पहिलेदेखि नै ‘लुपुस’ भन्ने रोगका कारण ग्रसित हुनुभएका र उनको मिर्गौला समेत कमजोर रहेको थियो ।
निमोनिया र ज्वरोको लक्षण देखिएपछि गएको ९ गते उहाँ भरतपुर कोरोना विशेष अस्थाइ अस्पतालमा भर्ना हुनुभएको थियो । यादवलाई आइसोलेशनमा राखिएको थियो । उहाँको स्वाबको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाण्डौ पठाइएको छ ।
स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र ज्यान जानुको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।