कोरोना नियन्त्रणमा चीनलाई पछ्याउँदै दक्षिण कोरिया, सङ्क्रमितको संख्या चार हप्ताकै कम

 चैत ११, २०७६ मंगलबार १६:१३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी चीन र  दक्षिण कोरियामा नियन्त्रणनजिक पुगेको छ । कोरोना नियन्त्रणका लागि चीनकै लयमा दक्षिण कोरिया देखिएको छ । 

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या चार हप्तायताकै कम पाइएको बीबीसीले जनाएको छ। 

पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा ६४ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । 

तर नयाँ सङ्क्रमितको संख्या घटे पनि कोरोना विरुद्धको लडाईं अन्त्यका लागि ठूलो संघर्ष बाँकी रहेको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

कोरियामा अहिलेसम्म आठ हजार नौ सय ६१ जना सङ्क्रमित भएकामा एक सय ११ जनाको ज्यान गएको छ । सङ्क्रमित तीन हजार एक सय ६४ जना उपचारपछि निको भएका छन् । 

कोरियामा हेरक दिन झण्डै २० हजार जनाको स्वास्थ्य परीक्षण भइरहेको छ । त्यहाँ सार्वजनिक र निजी प्रयोगशालाको सञ्जाल बनाइएको छ । 

जहाँ कोरोनाको लक्षण देखिएका बिरामी उपचारका लागि जाने गरेका छन् । उनीहरुको लागि यातायातको समेत व्यवस्था मिाइएको छ । 

सन् २०१५ मा मध्यपूर्वमा फैलिएको ‘मेर्स’ रोगको प्रकोपका कारण ३६ जनाको ज्यान गएपछि दक्षिण कोरियाले स्वास्थ्य उपचारका लागि उल्लेख्य विकास गरेको थियो । 

सरकारले सङ्क्रमितको नजिक रहेका मानिसको मोबाइलमा स्वचालित रूपमै सूचना पठाउने व्यवस्थासमेत गरेको छ । यसले कुनै मानिसको परीक्षणमा कोरोना भाइरस देखिएमा सूचना दिने गरेको र यसबाट धेरै मानिसले आफूलाई सुरक्षित गर्न सकेका छन् ।

दक्षिण कोरियाले मुख्य विमानस्थल इन्चानमा २० वटा परीक्षण बुथको स्थापना गरेर परीक्षणको नतिजाअनुसार देश भित्रिने नागरिकलाई राख्ने तयारी पनि गरेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार दक्षिण कोरियामा ९ हजार ३७ जना सङ्क्रमित भएका छन् भने १२० जनाको ज्यान गएको छ । ३ हजार ५ सय ७ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया