अमेरिकाको न्युयोर्कमा कोरोनाको सङ्क्रमण ‘बुलेट ट्रेन’ को गतिमा

 चैत १२, २०७६ बुधबार १०:११:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकाको न्युयोर्क राज्यमा ‘बुलेट ट्रेन’को गतिमा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको पाइएको छ । 

त्यहाँका गभर्नर एन्ड्रयु कोमोले कोरोना भाइरस ‘बुलेट ट्रेन’भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधि उपचारका सामग्रीको आपूर्तिका लागि अपिल गर्नुभएको बीबीसीले जनाएको छ । 

मङ्गलबार पत्रकारसँग उहाँले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताउनुभयो । संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको र चार सय भेन्टिलेटर पठाएकोप्रति पनि उहाँले आलोचना गर्नुभयो ।

न्युयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ सात हजार मात्र भेन्टिलेटर छन् । न्युयोर्कमा अहिलेसम्म२५ हजार जनालाई सङ्क्रमण भइसकेको छ भने २ सय १० जनाको ज्यान गइसकेको छ ।

यस्तै अमेरिकाभरि अहिलेसम्म ५ सय ८२ जनाको ज्यान गएको छ भने ४६ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी युरोप र अमेरिकामा धेरै फैलिरहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया