रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर केसीसँगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
काँग्रेसको माग अनुसार, डाक्टर गोविन्द केसी र सरकारबीचको सहमतिको जानकारी गराउन रोष्ट्रम गएका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सहमतिको बुँदा जानकारी नगराई सभामुखलाई बुझाएपछि काग्रेसले अवरोध जारी राखेको हो ।
शुक्रबारको बैठकमा मन्त्रीको सुरुको जवाफमा चित्त नबुझेर प्रश्न गरेका सांसदहरुको उत्तर दिन दोश्रो पटक रोष्ट्रम पुगेका मन्त्री पोखरेलले ९ बुँदे सहमति भएको बताएपनि सहमतिको अक्षरश जानकारी नगराई सम्झौता पत्रलाई सभामुखलाई बुझाउनुभएको थियो ।
कांग्रेसले सहमतिबारे सदन जानकार नभएसम्म बैठक चल्न नसक्ने भन्दै उभिएर विरोध गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।