गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् ।
तीनवटामध्ये एउटा बबरमहल—बानेश्वर—तीनकुने—सिनामङ्गल क्षेत्रमा खटिएको थियो भने अर्को जमल—लाजिम्पाट—पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो ।
नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।
४० हजार लिटर पानीमा एक सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने बिहीबारको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ । बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।
बुधबार वीर अस्पताल, टेकु अस्पताल सहित भित्रि शहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Suren
March 26, 2020, 11:22 p.m.जय होस् सरकार यो काम को लागि तर काठमाडौं उपत्यकामा मात्र नभई अन्य स्थानमा पनि गर्नुभयो भने अझै राम्रो हुन्छ कि § ध्यान बनोस्
Bimal
March 26, 2020, 3:56 p.m.कीटनाशक विषाधि होला कुनै पनि सूक्ष्म जीवाणु मार्न औषधि त निको (सन्चो) गर्ने हो। भाइरसलाई किट=किरा मार्ने विषाधि केहि प्रभाव गर्दैन अनावश्यक वायु प्रदूषण मात्रै हो
तोया नाथ जोशी
March 26, 2020, 12:34 p.m.ट्याङ्करले कीटनाशक औषधि छर्कँदै भन्ने शीर्षक ले मेरो ध्यानाकर्षण भयो ।म पेशाले कृषि प्राबिधिक हो । तसर्थ, यो भाइरस हरु किरा बर्गमा पर्दैनन् र किट्नासक विषादी भन्न मिल्दैन । विषादी औसधि पनि होइनन बिष नै हुन/